ताजा अपडेट »

पेरीस ओलिम्पिक-२०२४: पहिलोपटक रङ्गशालामा मात्र नभई सहरभरि उद्घाटन समारोहकाे रौनक (फोटो फिचर)

शनिबार, १२ साउन २०८१, १८ : ४९
72 Shares
शनिबार, १२ साउन २०८१
72 Shares

ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन भब्य रुपमा सम्पनन भएको छ । ओलिम्पिक्स उद्घाटन समारोहले आयोजक देशका लागि विश्वसामु मौलिक तरिकाले आफ्नो शानदार प्रस्तुति देखाउने अवसर दिन्छ। पेरीस ओलम्पिक२०२४ को उद्घाटन एउटा त्यस्तै क्षण थियो। आयोजकहरूले परम्परागत शैलीका समारोहभन्दा भिन्न तरिकाले ओलिम्पिक प्रतियोगिताकै इतिहासमा पहिलो पटक रङ्गशालामा मात्र नभई पूरै सहरमा उद्घाटन कार्यक्रम आयोजना गरे।

भारी वर्षाको साँझमा हजारौँ खेलाडी र कलाकारहरूले सेन नदीमा डुङ्गाहरू रहेर परेड गरे। त्यसपछि रात्रिकालीन आकाश र आइफल टावर नाटकीय रूपमा रङ्गियो। सानदार ती दृश्य प्राविधिक रूपमा एक खाले महत्त्वाकाङ्क्षी प्रस्तुति थिए। 

गुलाबी प्वाँखसाथ लेडी गागा र फ्रान्सेली-मालिअन गायिका अया नाकामुराको प्रस्तुतिसहित पुल र नदी किनारालाई क्याटवाक, मञ्च र ग्रान्ड स्ट्यान्डका रूपमा प्रयोग गरिए। ओलिम्पिक मसाल मार्फत् राफाएल नाडाल, कार्ल लिविस र जिनेदिन जिदानसहितका अन्तर्राष्ट्रिय खेल हस्तीहरूले एउटा हट एअर बलूनलाई प्यारिसको आकाशमा उडाए।

२६ जुलाईमा सुरु भएको प्यारिस ओलिम्पिक ११ अगस्टमा समापन हुनेछ। ग्रीसदेखि प्यारिससम्मको तीन महिने यात्रापछि ओलिम्पिक टर्च फ्रान्सका पूर्व फुटबल खेलाडी जिनेदिन जिदानलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि त्यो चर्चित टेनिस खेलाडी राफाएल नाडाल र सेरेना विलियम्सलाई हस्तान्तरण गरियो।

 यहाँ उक्त रातका केही लोभलाग्दा तस्बिरहरू राखिएका छन्। (फोटो फिचर)

प्यारिस ओलिम्पिक्स
प्यारिस ओलिम्पिक

तस्बिर स्रोत,François-Xavier Marit/AFP

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Paweł Kopczyński/Reuters

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Cameron Spencer/Getty Images

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Evgenia Novozhenina/Reuters

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Marko Đurica/Reuters

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Miguel Tona/EPA

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Jung Yeon-Je/AFP

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Tingshu Wang/Reuters

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Oli Scarff/AFP

ब्रिटिश प्रधानमन्त्री सर किअर स्टार्मर समेत उद्घाटन समारोहमा उपस्थित थिए। उनले वर्षाका लागि राम्रै तयारी गरेजस्तो देखिन्थ्यो।

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Kai Pfaffenbach/Reuters

उद्घाटन समारोहभर एक रहस्यमय मुखौटा लगाएका व्यक्ति टर्चसाथ सहरभर दौडिरहेका थिए जो बेलाबेला र नदीछेउका भवनको छतमा देखिन्थे।

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Bernat Armangué/Reuters

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Peter Cziborra/Pool/Getty Images

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Bernat Armangué/AP

प्यारिस ओलिम्पिक्स

तस्बिर स्रोत,Pilar Olivares/Reuters

# श्रोत: बिबिसी नेपाली 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।