ताजा अपडेट »

दाङ-रुपन्देही सम्पर्क समाज बुटवलद्वारा रक्तदान, ६० युनिट रगत संकलन

शनिबार, १२ साउन २०८१, १५ : ०५
144 Shares
शनिबार, १२ साउन २०८१
144 Shares

बुटवल ।  दाङ- रुपन्देही सम्पर्क समाजको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ५८ औं रक्तसञ्चार दिवसको अवसरमा सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम गरेको हो ।  

बुटवलमा पछिल्लो समय नियमित डायलासिस, प्रसुति, दुर्घटना र रक्तअल्पताका बिरामीहरु बढेसँगै रगतको उच्च माग बढेकाले सम्पर्क समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको सम्पर्क समाजका अध्यक्ष रेशम बहादुर महराले बताए ।

बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा दाङबाट रुपन्देही आएर बसेका दाङबासीहरुको उपस्थिति रहेको सम्पर्क समाजका कानुनी सल्लाहकार विमल गिरीले जानकारी दिए ।

रगतको अभावले कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० युनिट रगत सङ्कलन भएको कानुनी सल्लाहकार गिरीले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।