ताजा अपडेट »
रोटरी सामाजिक पत्रकारिता पुरस्कार

रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे 'रोटरी सामाजिक पत्रकारिता पुरस्कार' बाट सम्मानित

शनिबार, १२ साउन २०८१, ०९ : ३९
312 Shares
शनिबार, १२ साउन २०८१
312 Shares

बुटवल । रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२३ बाट पत्रकार भगवती पाण्डे पुरस्कृत तथा सम्मानित भएकी छन् ।शुक्रबार आयोजित क्लबको १३ औं पदस्थापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा कलम चलाई समाजलाई योग्दान पुर्याएको भन्दै उनलाई नगद ११ हजार १ सय ११ रुपैंयासहित सम्मान पत्र र दोसल्लाले पुरस्कृत तथा सम्मान गरिएको हो ।

उनलाई प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर सरकार प्रमुख रामकृष्ण खाड, पूर्व डिष्ट्रिक्ट गर्भनर संजय गिरी तथा जितेन्द्र बहादुर राजभण्डारी, बर्ष २०२३÷२४ अध्यक्ष हरी लम्साल र पुरस्कारका संस्थापक तथा क्लबका पूर्व अध्यक्ष गौतम भुसालले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

5fe2c7c8-db7e-4c31-890a-19fae3b86c3b

क्लबका पूर्व अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गीय हजुर बुवा केशवराज एवम् हजुरआमा हिमादेवी भुसालको स्मृतिमा क्लबमार्फत नियमित प्रदान गर्नेगरी स्थापना गरिएको पुरस्कार हरेक वर्ष रुपन्देहीलाई कार्य क्षेत्र बनाएर सामाजिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई दिइँदै आएको उनले बताए । गत वर्ष उक्त पुरस्कार भैरहवाका पत्रकार दिपक घिमीरेलाई प्रदान गरीएको थियो । यस वर्ष सम्मानित तथा पुरस्कृत पाण्डे बुटवलमा रहेर विगत १८ वर्ष देखि सञ्चार क्षेत्रमा कार्यरत छीन् । उनी लुम्बिनी टेलीभिजनकी समाचार प्रमुख तथा सेतोपाटी डटकमको लुम्बिनी प्रदेश संवादाता हुन।

32b648a9-ebe8-423d-b165-c09eadcaba98 (1)

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रामकृष्ण खाडले क्लवले यस क्षेत्रको सामाजिक हितमा गरेको कार्यहरुको लागि बधाई दिदै आफु यस क्लव का गतिबिधीहरु संग जानकार रहको बताए । उनले क्वले प्रदान गरेको उपकरणहरुबाट तिलोत्तमा नगर सरकारले सेमरा बजार स्वास्थ्य चौकीमा निशुल्क सेवा समेत दिईरहेको बताए । सेमरा बजार स्वास्थ्य चौकी लाइ मातृशिशु अस्पतालका रुपमा स्तरोन्नी गर्न रोटरी क्लव अफ रुपन्देहीले ग्लोबल ग्रान्ट प्रोजेक्ट अनतर्गत एक करोड बढिको स्वस्थ्य उपकरण सहयोग गरेको छ । 

48fabfd2-36de-4b90-a47e-c01a23d916fa

यसैबीच पदस्थापनको अवसरमा वर्ष २०२४ २५का अध्यक्ष प्रमेद पन्थीलाई पूर्व डिष्टिक्ट गर्भनर संजय गिरीले पद तथा गोपनिएताको सपथ गराएका थिए भने निवर्तमान अध्यक्ष हरी लम्सालले पदस्थापन गराएका थिए । पदस्थापन तथा सपथ संगै अध्यक्ष पन्थीले आफ्ना माता पिताको सम्मान गनुर्का साथै क्लवका पूर्व अध्यक्ष हरूलाई पनि सम्मान गरेका थिए । उनले नया बोर्डलाई पद तथा गोपनिएताको सपथ समेत खुवाएका थिए ।

WhatsApp Image 2024-07-28 at 8.18.46 AM

कार्यक्रममा निर्वतमान अध्यक्ष हरी लम्सालले वर्ष २०२३–२४मा क्लवले गरेका गतिबिधीहरु स्रब्यदृष्य मार्फत प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यकालभर साथ र सहयोग प्रदानगरी वर्ष २०२२/२३ लाई सफल बनाउनु भएकोमा सबै रोटरीयनहरुलाई धन्यवाद समेत दिए।
उनले कार्यकालमा उत्कृष्ट सहयोग पुर्याएको भन्दै क्ल्वका साथीहरुको समुह “हेजी ग्रुप” लाई सम्मान समेत गरेका थिए ।

f6664907-9462-42fd-a231-26c25c11e795

सामाजिक क्रियाकलापहरुमा सक्रिय रहेको यस क्लबले आफ्ना सदस्यका परिवारबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान समेत गरेको थियो । यसैगरी क्लवमा नयाँ सदस्यका रुपमा प्रवेश गरेका २ जना नयाँ सदस्यलाई सफथ तथा पिन पनि हस्तान्तरण गरिएको थियो  ।

2

कार्यक्रममा पास्ट डिष्ट्रिक्ट गर्भनरहरु संजय गिरी तथा जितेन्द्र बहादुर राजभण्डारी क्लवका ईमिडीयट पाष्ट असिस्टेन्ट गभर्नर कृष्ण शर्मा, रोटरी क्ल्व अफ बुटवलका पूर्व अध्यक्ष अजयमान श्रेष्ठ, क्ल्वका पूर्व अध्यक्ष राजु खरेल लगाएतले सम्बोधन गरेको कार्यक्रममा क्लवका निर्वाचित अध्यक्ष सुबोध भट्टराइले स्वागत मन्तब्य राखेका थिए भने क्लवका प्रस्तावित अध्यक्ष  कृष्ण गौतमले धन्यबाद मन्तब्य रखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।