ताजा अपडेट »

तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु, एक बेपत्ता

शनिबार, १२ साउन २०८१, ०८ : १४
812 Shares
file photo
शनिबार, १२ साउन २०८१
812 Shares

बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बुटवल उपमहानगरपालिका-१, सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका हुन । तिनाउ नदीमा बगेकामध्ये १२ वर्षीय विवश खत्रीको शव नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बागलुङको बरेङ गाउँपालिका- ४ घर भई सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए ।

तिनाउ नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् । पण्डितका अनुसार नदीमा बेपत्ता विप्रन पाण्डेको खोजी भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।