ताजा अपडेट »

‘स्वास्थ्य स्वस्थ राख्नका लागि शारीरिक सुगठन आवश्यक’

शुक्रबार, ११ साउन २०८१, १६ : ४८
330 Shares
शुक्रबार, ११ साउन २०८१
330 Shares

बुटवल ।  स्वास्थ्य स्वस्थ राख्नका लागि शारीरिक सुगठन अति आवश्यक रहेको लुम्बिनी प्रदेशका खेलकुद परिषद् सदस्य तिरण गौतमले बताएका छन् । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले शुक्रबार बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नवनियुक्त लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव गौतमले सो कुरा बताएका हुन् ।

साथै उनले आफुले शारीरिक सुगठनलाई नजिकबाट चिनेको र यसलाई प्रभावकारी रुपमा अघि बढाउन शारीरिक सुगठनसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको बताए ।  यस्तै नवनियुक्त सदस्य सचिव गौतमले आफ्नो नियुक्ति बजेट सार्वजानिक भए पछि मात्रै भएको र मन्त्रीपरिषद्ले पूर्णता पाउनासाथ सम्रग खेलकुदको विकासका लागि विभागिय मन्त्रीसँग छलफल गर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले खेलकुदको लागि छुट्टाएको बजेट अन्य प्रदेशको तुलनामा निकै कम रहेको भन्दै आफुले यसलाई सच्चाउनका लागि पहल गर्ने बताए । 

यस्तै शारीरिक सुुगठन तथा फिटनेश संघका केन्द्रिय उपाध्यक्ष सितुप्रसाद श्रेष्ठले खेल क्षेत्र बुझेको व्यक्ति खेलकुद परिषद्को रुपमा आउनु सकारात्मक रहेको बताए । काठमाडौँ राजधानी बाहिर निरन्तर रुपमा शारीरिक सुसगठन प्रतियोगिता गर्नेमा पहिलो रुपन्देही जिल्ला रहेको बताउँदै आगमी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । साथै उनले राष्ट्रिय स्तरको रामापिथेक्कस प्रतियोगिता गर्न तयारीमा आफुहरु रहेको बताउँदै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताए । 

यस्तै बुटवल उपमहानगरपालिकाका नगर खेलकुद विकास समिति सदस्य बोनिन पियाँले बुटवलले खेलकुदको विकासको लागि अन्य पालिकाहरुले भन्दा धेरै बजेट विनियोजन गरेको बताए । साथै उनले नगरको बजेट मात्रै पर्याप्त नहुने भएकाले बुटवलको खेलकुद विकासमा प्रदेश खेलकुद परिषद्ले पनि सहयोग बताउनु पर्ने बताए । 

शारीरिक सुगठन तथा फिटनेश संघका रुपन्देही अध्यक्ष राजकुमार श्रेष्ठले नवनियुक्त सदस्य सचिव गौतमलाई बधाई दिँदै आफुहरुसँगै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।