ताजा अपडेट »

मौद्रिक नीति सार्बजनिक (पूर्णपाठ)

शुक्रबार, ११ साउन २०८१, १२ : ५३
116 Shares
शुक्रबार, ११ साउन २०८१
116 Shares

काठमाडौँ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् ।

उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए । उनले मुद्रा स्फृतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी बस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको संचिति राख्ने नीति लिएको जानकारी दिएका छन् । गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताएका छन् ।

 

  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।