ताजा अपडेट »

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

शुक्रबार, ११ साउन २०८१, १० : १०
94 Shares
शुक्रबार, ११ साउन २०८१
94 Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको हो । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।  उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ । 

नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।