विष्णु घर्ती ‘भनभनेली’
पृष्ठभूमि
छिमेकी देश भएर पनि भारतको सिमा क्षेत्रबाहेक अन्यत्र जाने दिन अहिलेसम्म जुरेको थिएन । आषाढ २५ गतेका दिन बुटवलदेखि भारतको राष्ट्रिय राजधानी दिल्ली जाने यात्रा तय गरियो । सानी छोरीलाई एसीसीए पढ्नका लागि कलेजको स्थलगत अवलोकन र जानकारी लिने मूख्य उद्धेश्यसहित त्यता लागियो । दिउसो साढे १ बजे चढेको बस नेपालगञ्ज/रुपैडिया हुँदै भोलिपल्ट विहान ७ बजे नयाँ दिल्लीको लाजपतनगरमा पुग्यो ।
त्यसै दिन भतिज नारायण र कृष्णको साथमा नोयडामा अवस्थित एमिटी विश्वविद्यालयमा पुगेर छोरीको पढाइका बारेमा बुझ्ने काम गरियो । अनि नजिकै रहेको भारतकै सुप्रसिद्ध लोटस टेम्पल (बहाई उपासना मन्दिर)को अवलोकन गरियो । भोलिपल्ट साकेतदेखि कुतुव मिनारसम्म दिल्ली मेट्रो चढियो र विश्वसम्पदामा सूचिकृत कुतुव मिनार क्षेत्र तथा सरोजिनीनगर बजारको समेत अवलोकन गर्ने अवसर मिल्यो । सोही साँझ ५ बजेको बस चढेर अर्को दिन बेलुका ८ बजे नेपालगञ्ज हुँदै बुटवल फिर्ता भइयो । यस अबधिमा नयाँ दिल्ली वरपर देख्न र बुझ्न पाइएका तथ्यगत विवरणलाई निम्नानुसार प्रस्तुत गरेको छु ।
नयाँ दिल्ली
भारतको राजधानी नयाँ दिल्ली भारत सरकारको कार्यकारी, संसदीय र न्यायपालिका शाखाको सदनको रूपमा कार्य गर्दछ । यो दिल्लीको ११ जिल्लाहरू मध्ये एक हो । १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबैभन्दा ठुलो महानगर हो । यसको ७८३ वर्ग किलोमिटर भाग ग्रामीण क्षेत्र र ७०० वर्ग किलोमिटर भाग शहरी क्षेत्रमा घोषित छ । दिल्ली उत्तर(दक्षिणमा अधिकतम लम्बाइ ५१.९ किलोमिटर छ र पूर्व(पश्चिममा अधिकतम चौडाइ ४८.४८ किलोमिटर छ । यहाँको जनसङ्ख्या लगभग २ करोड ५० लाख रहेको छ । यहाँ बोलिने मुख्य भाषाहरूमा हिन्दी¸ पन्जाबी¸ उर्दु र अङ्ग्रेजी हुन ।
यसको दक्षिण पश्चिममा अरावली पर्वत श्रृङ्खला र पूर्वमा यमुना नदी रहेको छ, जसको किनारमा यो सहर अवस्थित छ । यो प्राचीन समयमा गङ्गा नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्ने मुख्य स्थल थियो । यमुना नदीको किनारामा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ । यो भारतको अति प्राचीन नगर हो । यसको इतिहासको प्रारम्भ सिन्धु घाटी सभ्यतासँग जोडिएको छ । हरियाणाको आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण भेटिएका छन् ।
महाभारत कालमा यस शहरको नाम इन्द्रप्रस्थ थियो । दिल्ली सल्तनतको उत्थानसँग नै दिल्ली एक प्रमुख राजनीतिक, सांस्कृतिक र वाणिज्यिक शहरको रूपमा देखापर्यो । यहाँ धेरै प्राचीन र मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ । सन १६३९ मा मुगल बादशाह शाहजहाँले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन सन् १६७९ देखि सन् १८५७ सम्म मुगल साम्राज्यको राजधानी रह्यो । १८औँ र १९औँ शताब्दीमा इस्ट इन्डिया कम्पनीले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो । त्यसपछि उनीहरूले कोलकातालाई आफ्नो राजधानी बनाए ।
सन् १९११ मा अङ्ग्रेज सरकारले पुनस् राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्यो । यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो । अङ्ग्रेजबाट सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्ली भारतको राजधानी घोषित गरियो । स्वतन्त्रता प्राप्तिपश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन ल्यायो । विभिन्न प्रदेसहरू, धर्महरू र जातजातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो । आज दिल्ली भारतको एक प्रमुख राजनीतिक, सांस्कृतिक र वाणिज्यिक केन्द्रको रूपमा रहेको छ ।
एमिटी विश्वविद्यालय
यो २००३ मा स्थापना भएको भारतको सबैभन्दा ठूलो निजी र प्रसिद्ध विश्वविद्यालय हो । यस विश्वविद्यालयमा ९०,००० भन्दा बढी विद्यार्थीहरू अध्यनरत छन् भने ४०० बढी विषयमा पढाई हुने गर्दछ । यो विश्वविद्यालय भारतको नोएडा, दिल्ली, लखनऊमा अवस्थित छ । विश्वविद्यालय अनुदान आयोगबाट सम्बन्धन प्राप्त यस विश्वविद्यालयका हालका कुलपतिमा अतुल चौहान रहेका छन् । विश्वका धेरै देशका विद्यार्थीहरू यहाँ पढ्न आउने गर्दछन् । नेपाली विद्यार्थीलाई केही सहुलियत दिने प्रवन्ध पनि गरेको पाइयो । यहाँ पढ्ने र पढाउने उचित खालको वातावरण भएको महशुस गरियो ।
लोटस टेम्पल
बहाई उपासना घरको लोकप्रिय नाम लोटस टेम्पल यसको भव्य कमल आकारबाट आएको हो । यस भवनमा २७ वटा कमलको पंखुडीहरू छन् जुन तीनवटा समूहहरूमा व्यवस्थित गरिएको छ, नौ वटा पक्ष वा दिशाहरू बनाउँछ । सम्पूर्ण संरचना एक पटकमा १३०० विश्वासीहरू र पाहुनाहरू बस्न सक्छ र तेह्रमा ३४ मिटर भन्दा अलि बढी छ । प्रत्येक छेउमा नौवटा ढोकाले मूख्य हल भित्र जान्छ । नयाँ दिल्लीको प्रमुख आकर्षणहरू मध्ये एक लोटस टेम्पल भ्रमण गर्नै पर्छ । १९८६ मा जनतालाई समर्पित, लोटस मन्दिर बहाई विश्वास पछ्याउनेहरू मात्र सीमित छैन ।
धर्म, जात, लिङ्ग र सम्प्रदायको भेदभाव नगरी धर्म शास्त्र र धार्मिक मान्यता अनुसार मन्दिरले मानिसलाई स्वागत गर्छ । बहाई उपासनाको घर प्रार्थना मात्र होइन । तिनीहरू सामुदायिक सेवामा समर्पित हुने गर्छन् र शिक्षाको महत्त्वपूर्ण स्थान भएका छन् । लोटस टेम्पल भ्रमण गर्ने सबैभन्दा राम्रो समय अक्टोबरदेखि मार्चसम्म हो । यी महिनाहरूमा दिल्लीले राम्रो मौसम अनुभव गर्छ । यो सोमबार बन्द रहन्छ । यस मन्दिरमा प्रवेश निस्शुल्क छ । यी वास्तुकलाको वैभवको कारण प्रसिद्ध र सबैभन्दा प्रशंसा गरिएको छ ।
द लोटस टेम्पल वास्तुकार श्री फरिबोर्ज साहबा, भारतीय मन्दिरहरू र धार्मिक प्रथाहरूको घरहरूमा प्रदर्शन गरिएका अद्वितीय वास्तुकला शैलीहरूबाट गहिरो रूपमा प्रभावित थिए । उनले दिल्लीको यो पूर्ण सौन्दर्य निर्माण गर्न यी वास्तुकला शैलीहरूको सार उधारो लिए । मन्दिरले बहाई धर्मका तीन महत्वपूर्ण पक्षहरूलाई प्रतिनिधित्व गर्दछ । यो लोटस टेम्पलको इतिहास १९५३ मा फर्किएको हो, जब श्री साहबा र उहाँका विज्ञहरूको टोलीले मन्दिरको जग बसालेको थियो । भवनको मुख्य निर्माण सन् १९८० मा सुरु भएको थियो र निर्माण सम्पन्न हुन ६ वर्ष लागेको थियो ।
लोटस टेम्पल वास्तुकलाको प्रत्येक व्यक्तिगत तत्व नौ पटक दोहोर्याइएको छ । मन्दिरमा एउटा मुख्य हल, प्रार्थना र उपासनाको लागि समर्पित मुख्य क्षेत्र, र कमलको फूलका पातहरू प्रतिनिधित्व गर्ने प्रत्येक बाहिरी पंखुडीहरूको अगाडि नौवटा पोखरीहरू छन् । नौ जलाशयहरू सजावटका लागि मात्र होइनन् । तिनीहरूले विशाल संरचनाको भेन्टिलेसनमा महत्त्वपूर्ण भूमिका खेल्छन् र वर्षको सबैभन्दा तातो महिनाहरूमा पनि यस क्षेत्रलाई चिसो राख्छन् । नौ प्रवेश पातहरूू वा सबैभन्दा बाहिरी पंखुडीहरू बाहिरीतर्फ खुल्छन्, जबकि बाहिरी पातहरूू को अर्को सेट भित्रतिर खुल्छ । सबैभन्दा भित्री गर्भस्थल यी दुईवटा पंखुडीहरू र केन्द्रीय नौ(पाँचुरी भएको कोपिलाले ढाकिएको छ । लोटस टेम्पलमा उत्कृष्ट वेंटिलेशन प्रणाली छ जहाँ गर्भगृह भित्रको हावा पुनस् प्रयोग गरिन्छ ।
दिल्ली मेट्रो
दिल्ली मेट्रो रेल २४ डिसेम्बर २००२ मा तीस हजार लाइनसँग शुरू गरिएको थियो। रेलहरू दक्षिण कोरियाली कम्पनी ROTEM द्वारा निर्माण गरिएको हो । मेट्रो रेल दिल्लीको यातायात प्रणालीमा एक महत्त्वपूर्ण लिङ्क हो । यसअघि सडकमा सवारीको चाप बढेको थियो । यसले दिल्लीका धेरै भागहरू जोड्ने छ भने थप ट मार्गहरूमा जाने योजना थियो । यो प्रारम्भिक चरण सन् २०१५ मा सम्पन्न भएको थियो यसलाई पछि राष्ट्रिय राजधानी क्षेत्रको छेउमा रहेको गाजियाबाद, फरीदाबाद, गुडगाउँ र नोएडा सहरहरूमा विस्तार गरियो ।
उही यातायात प्रणालीको सफलताबाट प्रभावित भएर भारतका अन्य राज्यहरू जस्तै उत्तर प्रदेश, राजस्थान, कर्नाटक, आन्ध्र प्रदेश र महाराष्ट्रमा पनि सञ्चालन गर्ने योजना बनिरहेको छ । दिल्ली मेट्रो रेल प्रणाली आफ्नो स्थापना देखि ISO १४००१ प्रमाणीकरण कमाउन सफल भएको छ जुन सुरक्षा र वातावरणको मामलामा धेरै महत्त्वपूर्ण छ । सेप्टेम्बर २०११ मा, संयुक्त राष्ट्र संघले दिल्ली मेट्रोलाई ूस्वच्छ विकास तंत्रू योजना मार्फत हरितगृह ग्यासहरू कम गर्नको लागि विश्वको पहिलो कार्बन क्रेडिट प्रदान गर्यो जस अन्तर्गत यसले सात वर्षसम्म ९.५ डलर मिलियन प्राप्त गर्नेछ ।
कुतुब मिनार
भारतको नयाँ दिल्लीको महरौलीमा अवस्थित इँटाबाट बनाइएको भारतको सबैभन्दा अग्लो मिनार यही हो । यसको उचाइ ७२.५ मिटर ९२३९.५ फीट र आधार व्यास १४.३२ मिटर रहेको छ भने शीर्ष नजिक लगभग २.७५ मिटर छ । जुन मास्तिर गएर शिखर जस्तो हुने गर्दछ । यो मिनारमा ३७९ वटा पाइलाहरू रहेका छन् । टावरको वरिपरिको आँगनमा भारतीय कलाका धेरै उत्कृष्ट उदाहरणहरू छन्, जसमध्ये धेरै ११९२ सालका छन् । यो कम्प्लेक्सलाई युनेस्कोले विश्व सम्पदा स्थलको रूपमा स्वीकृत गरेको छ । दिल्लीको विजयको सम्झनामा ध्वस्त पारिएका नजिकैका २७ किल्लाहरूको भग्नावशेषबाट मिनार निर्माण गरिएको थियो । यसको प्रमाण मीनार भित्र रहेको कुतुबको तस्विरमा पाइन्छ । एक ठाउँका अनुसार यो टावर वराहमिहिरको खगोल विज्ञान वेधशाला थियो । कुतुब मिनार परिसरमा कुतुब लौह स्तम्भ पनि छ जसमा खिया लाग्दैन ।
दिल्लीका प्रथम मुस्लिम शासक कुतुबुद्दीन ऐबक, अफगानिस्तानको जामको मिनारबाट प्रेरित भएर ११९३ मा यसलाई सुरु गरे तर यसको आधार मात्र बनाउन सके । उनका उत्तराधिकारी इल्तुतमिशले यसलाई तीन तला विस्तार गरे र १३६८ मा फिरोजशाह तुगलकले पाँचौं तला थपे । मिनार रातो बालुवा र बफ बलौटे ढुङ्गाबाट बनेको छ, जसमा कुरानको पद्य र फूलका बोटहरू छन् । यस कम्प्लेक्समा अन्य महत्त्वपूर्ण स्मारकहरू छन् जस्तै अलाई दरवाजा, १३१० मा निर्मित गेट, कुववत उल इस्लाम मस्जिदस इल्तुतमिश, अलाउद्दीन खिलजी र इमाम जमीनको चिहानस अलाई, मीनार, सात मिटर अग्लो फलामको खम्बा आदि ।
अन्त्यमा
नयाँ दिल्ली भारतको राजधानी मात्र नभएर दक्षिण एसियाकै मूख्य स्थलका रूपमा चिरपरिचित स्थल हो । यहाँ पछिल्लो समय अन्तर्राष्ट्रियस्तरका मापदण्डहरू तयार गर्दै गरेको अवस्था पनि देखियो । उद्योगधन्दा तथा कलकारखानाहरूलाई कम गर्दै पर्यटकीय स्थलहरूको विकास र विस्तार गरेको पाइयो ।
थुप्रै ऐतिहासिक स्थलहरूको संरक्षण र सम्वर्धन गर्नमा ध्यान दिएको कुरा बुझियो । अग्ला घरहरू खासै देखिएन । नयाँ दिल्ली भए तापनि पुराना संरचनाहरू धेरै नै देखिए । साधुरा गल्ली र फोहर व्यवस्थापन गर्न खासै सकेको देखिएन । नरेन्द्र मोदीको शहर पहिलेको भन्दा धेरै नै सुधार भएको भन्ने कुरा अवगत भयो । जम्मा दुई दिनको बसाइमा भएको घुमाइले दिल्लीको तस्वीर मानसपटलमा सुरक्षित भएर बसिरहने नै छ ।
प्रतिक्रिया