ताजा अपडेट »

सिमलताल दुर्घटना अपडेटः आज पनि खोजी कार्य जारी

विहीबार, १० साउन २०८१, १० : ३९
92 Shares
विहीबार, १० साउन २०८१
92 Shares

 

काठमाडौँ । चितवनको सिमलताल दुर्घटनामा परेको बस र अन्य हराइरहेका ३४ जना यात्रुको आज पनि बिहानैदेखि खोजी कार्य जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार १२ जना भारतीय टोलि र अन्य आवश्यकताअनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा टोलि खोजी कार्यमा जुटिरहेको छ ।

भारतीय टोलि खोजी कार्यमा जुटेको साता दिन हुनै लाग्दा पनि बस र अन्य हराइरहेका ३४ जना यात्रुको कुनै पत्ता लाग्न नसकेकाले कति दिनसम्म खोजी गरिरहने भन्ने विषयमा कुनै निर्णय नभएको उनले बताएका छन् ।

गत असार २८ मा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये ३ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए । हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।