ताजा अपडेट »

उपसभामुखको पत्रले अप्ठ्यारोमा परेको रास्वपा आज बैठक बस्दै

विहीबार, १० साउन २०८१, ०८ : २२
142 Shares
विहीबार, १० साउन २०८१
142 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल गर्न लागिएको छ ।

पछिल्लोपटक संसददेखि सडकसम्म विवादित बनेको उपसभामुख इन्दिरा रानामगरले अनधिकृत व्यक्तिलाई भिसाका लागि अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा पनि छलफल हुने बताइएको छ । उपसभामुख रानामगरको उक्त पत्रका कारण उनको राजीनामा माग हुन थालेको छ । संसदमा छानबिनको समेत माग भइरहेको छ । सोही कारण उपसभामुख राना र रास्वपा अहिले अफठ्यारोमा परेका छन् ।

यता, महामन्त्री मुकुल ढकालले पनि पार्टी छाडेका छन् । उनले रास्वपा र रास्वपाका सभापति, उपसभापतिसहित केही नेताहरूमाथि गम्भीर आरोप लगाउँदै पार्टी छाडेका छन् । महामन्त्री ढकालले पार्टी छोडेपछि बस्न लागेको पहिलो केन्द्रीय कमिटी बैठक हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।