आज बि.सं.२०८१ साउन १० गते बिहीबार ई.सं.२०२४ जुलाई २५ नेपाल सम्बत ११४४ दिल्लागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शोभान योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर २३ मिनेट देखि ०७ बजेर ०५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
प्रतिक्रिया