ताजा अपडेट »

विमान दुर्घटनामा एकै परिवारका आमा, बुवा र नाबालक छोराको निधन

बुधबार, ०९ साउन २०८१, १६ : १५
202 Shares
बुधबार, ०९ साउन २०८१
202 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको क्रममा दुर्घटना भएको विमानमा एकै परिवारका ३ जनाको निधन भएको छ । सौर्य एयरलाइन्समा कार्यरत आइटी इन्जिनियर मनुराज शर्मासँगै उनकी पत्नी प्रिजा खतिवडा र उनका नाबालक छोरा अधिराजको निधन भएको हो ।

मनुराज दुर्घटनाग्रस्त विमानको एयरलाइन्स कम्पनीमै कार्यरत थिए र ‘सी–चेक’ टिमकै सदस्य थिए । विमानमा सवार अन्य यात्रुहरु एयरलाइन्ससँगै सम्बन्धित भए पनि इन्जिनियर शर्माका श्रीमती र छोरा भने कम्पनीका कर्मचारी भन्दा बाहिरका थिए ।

आजको उडानबाट पोखरा गएपछि इन्जिनियर शर्मा पोखरामै केही समय बस्ने तयारीमा थिए । त्यसैले उनकी पत्नी प्रिजा खतिवडा छोरा अधिराजलाई साथमा लिएर पोखरा जान लागेकी थिइन् । खतिवडा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।