ताजा अपडेट »

निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाईको क्रममा संचारकर्मीलाई बाहिर निकालियो

बुधबार, ०९ साउन २०८१, १५ : ५०
52 Shares
बुधबार, ०९ साउन २०८१
52 Shares

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ ।

यौन दुर्व्यबहारको आरोप लागेका प्रधानको अहिले सुनुवाई जारी रहेको र संचारकर्मीलाई बाहिर निकालेर प्रधानको सुनुवाई जारी रहेको छ । संसदीय सुनुवाईको इतिहासमा नै पहिलो पटक पदाधिकारीको सुनुवाईको क्रममा सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको छ ।

प्रधानलाई गत असार २ गते संबैधानिक परिषदको बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।