ताजा अपडेट »

दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

बुधबार, ०९ साउन २०८१, १४ : ०५
68 Shares
बुधबार, ०९ साउन २०८१
68 Shares

काठमाडौं । विमान दुर्घटनापछि बन्द भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार बिहान करिब सवा ११ बजे सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो 

विमानस्थल बन्द भएपछि बाहिरबाट आएका जहाजहरूलाई डाइभर्ट गरिएको थियो । बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो ।

विमानमा सवार सुर्य एयरलाइन्सका १८ कर्मचारीको मृत्यु भएको छ भने पाइलटको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।