ताजा अपडेट »

प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा पुगेर लिए जानकारी

बुधबार, ०९ साउन २०८१, १४ : ००
190 Shares
बुधबार, ०९ साउन २०८१
190 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुदा १८ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटना बारे जानकारी लिएका छन् । दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष रत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यसै बीच सामाजिक सञ्जालमा लेख्दै ओलीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ।;–उनले अघि लेखेका छन्, ‘नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।