ताजा अपडेट »

सौर्य जहाज दुर्घटना अपडेट : ४ जनाको शव निकालियो, अन्यको खोजी जारी

बुधबार, ०९ साउन २०८१, १२ : ००
260 Shares
बुधबार, ०९ साउन २०८१
260 Shares

काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै बुधबार विहान भएको विमान दुर्घटनामा अहिले उद्धार कार्य जारी रहेको छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । 

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी उद्धारमा जुटेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।