ताजा अपडेट »

भारतसँग फराकिलो हारसँगै एसिया कप महिला क्रिकेटबाट बाहिरियो नेपाल

मंगलबार, ०८ साउन २०८१, २२ : २६
716 Shares
मंगलबार, ०८ साउन २०८१
716 Shares

बुटवल । भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो ।

१ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अङ्क पनि बनाउन सकेनन् । भारतका लागि दीप्ति शर्माले ३, राधा यादव र अरुणधती रेड्डीले समान २(२ तथा रेणुका सिंहले १ विकेट लिइन् । 

त्यसअघि दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि ओपनर शफाली वर्माले ४८ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ८१ रन बनाइन् । यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४७ रन जोडिन् । यस्तै जेमिमाह रोड्रिगेजले १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन् । ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन् ।

नेपालका लागि सिता राना मगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् । आजको हारसँगै नेपालले समूह ए मा २ अंक सहित प्रतियोगिता अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा युएई विरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सो जित नेपालको एशिया कप इतिहासमा एकमात्र जित रहेको छ ।

नेपालको समूहबाट भारत ६ अंक सहित समूह विजेता बनेको छ । पाकिस्तान ४ अंक सहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।