ताजा अपडेट »

लुम्बिनीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम

मंगलबार, ०८ साउन २०८१, २२ : ०९
826 Shares
मंगलबार, ०८ साउन २०८१
826 Shares

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा जाने चार मन्त्रीको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथसँगै एकसाथ मन्त्री परिषद बिस्तार गर्ने योजना अनुसार एमालेबाट मन्त्रीहरुको नाम टुंगीएको हो । 

एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेबाट भोलि रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।

यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी रहेका छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा शहरी विकासमन्त्री थिए भने पन्थी आन्तरिक मामिला मन्त्री थिए । यसैबीच संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजिनामा दिने जनाउ पार्टी अध्यक्षलाई दिएको उनी निकटस्थ श्रोतले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।