ताजा अपडेट »
‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’

ग्लोबल आइएमई बैंकलाई दोश्रो पटक ‘युरो मनी अवार्ड फर एक्सलेन्स'

वेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी नेपाल विधाबाट सम्मानित

मंगलबार, ०८ साउन २०८१, २० : ५०
114 Shares
मंगलबार, ०८ साउन २०८१
114 Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत वेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै  बैंक दोस्रोपटक वेस्ट नेपाल अवार्डबाट सम्मानित भएको बैंकले जनाएको छ ।

यसअघि पनि  यो बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२–बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अर्वाडका रुपमा मानिन्छ । युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि  विश्वमै चिनिन्छ ।

युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु रहेको बैंकको भनाइ छ । यसै वर्ष ग्लोबल फाइनान्सले पनि बैंकलाई उत्कृष्ट बैंक अवार्ड–२०२४ बाट सम्मानित गरेको बैंकले जनाएको छ ।

युरो मनी अवार्ड फर एक्सलेन्स–२०२४ लगायतका अन्य विभिन्न अवार्डहरुले ग्लोबल आइएमई बैंकलाई भविष्यमा ग्रहकहरुलाई अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्ने बैंकको लक्ष्य छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।