ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुल रुपन्देही प्रधानमन्त्रीबाट सम्मानित

मंगलबार, ०८ साउन २०८१, १५ : ५४
530 Shares
मंगलबार, ०८ साउन २०८१
530 Shares

बुटवल । मोफसलको एक मात्र क्याब्रिज विद्यालय ब्रिटिस ग्रामर स्कुल रुपन्देही र यसमा अध्ययनरत अन्तर्राट्रिय कराँते पदक विजेता विद्यार्थी र विद्यालयका कराँते प्रशिक्षकलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले  राजधानी काठमाडौँ सम्मान गरेका छन् ।

मलेसिया र श्रीलंकामा सम्पन्न भएको अन्तर्राष्टिय कराँते प्रतियोगितामा विद्यालयबाट सहभागी भइ सिंगो देशको नाम राख्न सफल खेलाडीलाई प्रधानमन्त्रीले सम्मान गरेकोमा विद्यालय परिवारले आभार व्यक्त गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको सो सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यालय र विद्यार्थीलाई सम्मान गर्नुका साथै विद्यालयका विषयमा विद्यार्थीसँग अन्तरक्रिया समेत गरेका थिए ।

ब्रिटिस एजुकेशन गु्रपले नेपालभित्र मात्र नभइ दुबई , क्यानडा र बेलायतमा शैक्षिक संस्था खोली नेपाल र नेपालीको नाम उचो राखेकोमा प्रशंसा  गर्दै नमस्ते एकेडेमी र सम्पूर्ण खेलाडी तथा परिवारको  शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । 

सो अवसरमा श्रीलंकामा पदक विजेता  कक्षा ६ का देवकुमार शाह, कक्षा ५ का अन्श चौधरी र  बेद जैसवाल ,कक्षा ४ का आइलेश जंग थापा , कक्षा ९ की  नितिशा श्रेष्ठ , कक्षा ८ की हिमानी थापा र मलेसियामा पदक विजेता कक्षा  ३ का आविष्कार श्रेष्ठ , कक्षा ८ का चन्द्रशेखर जैसवाल, कक्षा  १ की सान्भी राज्यलक्ष्मी चन्द र कक्षा ४ का आइलेस जंग थापा र कराँते कोच कमरुध्दीन अलीलाई प्रधानमन्त्री ओलीले दोसल्ला , मेडल र प्रमाण पत्रले सम्मान गरेका थिए । साथै विद्यार्थीका अभिभावक र विद्यालयलाई सम्मान गर्दै रुपन्देही आउँदा नमस्ते एकेडेमीको भ्रमण गर्ने चाहना रहेको समेत बताए।

नमस्ते एकेडेमीले नाम परिर्तन गरी ब्रिटिस ग्रामर स्कुल रुपन्देही बनाएसँगै आगामी अन्तर्राष्ट्रिय यात्रा अझै बढाउँदै लैजाने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए।

5078cd81-bc51-4e86-9014-ae707e2d08e8

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।