ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासियो

मंगलबार, ०८ साउन २०८१, १५ : ००
496 Shares
मंगलबार, ०८ साउन २०८१
496 Shares

बुटवल।   बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । 

तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको हो ।यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो। अहिले फेरि सडक भासिदा यात्रु र सवारीसाधन जोखिम मोलेरै यात्रा गर्न बाध्य छन ।

तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए। सडक भासिए पनि यातायात भने सुचारु छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।