ताजा अपडेट »

‘लायन्स क्लव अफ शान्तीदिप’ द्वारा आश्रममा खाद्यान्न सहयोग

मंगलबार, ०८ साउन २०८१, १४ : ४५
250 Shares
मंगलबार, ०८ साउन २०८१
250 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल शान्तीदिपले बुटवल उप महानगरपालिका–१५ उजेलापुर स्थित   लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रमलाई खाद्यान्य सहयोग गरेको छ    लायन्स शान्तिदिपका संस्थापक सचीव तथा वर्ष २०२४÷०२५ का अध्यक्ष बिशाल पन्थीको जन्मदिनको अवसर पारेर क्लवले खाद्यान्य प्रदान गरेको हो । 

कार्यक्रममा प्रमुख अथिति अन्तराष्ट्रिय लायन्स क्लव जिल्ला परिषद ‘३२५ पि’ का  गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्नले शान्तिदिपको उक्त कार्यको सराहाना गर्दै लायन्स क्लवका सदस्यहरुले यस प्रकारको खर्चलाई यसरी नै सेवामा लगाउने हो भने थुप्रै अशक्त र अनाथहरुले राहत पाउने बताए । आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले क्लबले खाद्यान्य सहयोग गरेकोमा धन्यवाद दिँदै यस्तै प्रकारका सहयोगले नै आश्रम चलेको बताए । २०७३ सालमा स्थापना भएको लुम्बिनी अनाथ आश्रममा शारिरिक रुपमा अपाङ्ग भएका चार जना, दृष्टि विहिन नौ जना १७ जना बालबालिका र सहयोगी गरि हाल ३५जना रहेको आश्रमका उपाध्यक्ष रोका मगरले बताए । 
कार्यक्रममा बिशिष्ट अतिथी प्रथम  भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, दोस्रो भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधन , अथितीहरुमा डिष्ट्रिक सेक्रेटरी माधव खनाल, एलएलए कोअर्डिनेटर अनिल प्रसाद श्रेष्ठ , डिष्ट्रिक पिआरओ एक्यदेव बस्याल,एरिया चिफ लायन्स दिपक श्रेष्ठ, एरिया सचिव अमृता पौडेल, कोषाध्यक्ष सुमित्रा न्यौपाने,  कलष्टर चिफ बिमला गैरे, शान्तिदिपका संस्थापक अध्यक्ष तथा रिजन चेयर व्याक्ति बाबुराम खनाल ,देव प्रसाद गैरे , जोन चेयर पर्शन शेष नारायण बस्याल पुर्व अध्यक्ष चेत नारायण अधिकारीका साथै क्लवका सम्पुर्र्ण पधादिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । 
स्थापना काल देखि बिभिन्न सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव शान्तिदिपले  वर्ष ०२४÷०२५ को बसेको पहिलो बोर्ड बैठक बसेको दुई महिनाको अवधिमा वृक्षरोपण, गाईलाई दाना र आज अनाथ आश्रममा खाद्यान्य प्रदान गरी तिनवटा कार्यक्रम सम्पन्न गरिसकेको छ । क्लबका अध्यक्ष बिशाल पन्थीको अध्यक्षता, जालन्धर भुषालको संयोजकत्वमा र सचिव लक्ष्मी नारायण खनालको संचालनमा सम्पन्न भएको थियो ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।