ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमा र सिनपामा समाजवादी मोर्चा गठन

मंगलबार, ०८ साउन २०८१, १४ : ०६
66 Shares
मंगलबार, ०८ साउन २०८१
66 Shares

 बुटवल । समाजबादी मोर्चा नेपालको जिल्ला तथा पालिका स्तरीय समिति गठन अन्तरगत आईतबार रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा नगर स्तरीय समिति गठन भएको छ ।

तिलोत्तमा नगरमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको अध्यक्षतामा र सिद्दार्थ नगरमा नेकपाका जिल्ला सदस्य तथा नगर सेक्रेटेरी योगेन्द्र सीको अध्यक्षता समाजबादी मोर्चा गठन भएको छ। तिलोत्तमामा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको नेतृत्वमा मोर्चामा आवद्ध दलबाट एकजना महिला सहित ४/४ जना भएको १२ सदस्यीय नगर समिती गठन भएको छ।

जसको सदस्यहरुमा नेकपाका राजु सी, खेम सी, माया सी, श्रीधर सी, नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर, केशर बहादुर थापा, दीलमाया गुरुङ र नेकपा एकीकृत समाजबादीका रामचन्द्र भट्टराई, बिजय दहाल, यज्ञश्वर क्षेत्री, लक्ष्मी शर्मा रहेका छ्न । यस्तै सिद्दार्थ नगरमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा सिनपाका नगर सेक्रेटरी योगेन्द्र सीको नेतृत्वमा १/१ जना महिला सदस्य अनिवार्य सहित ९ सदस्यीय नगर समिति गठन भएको छ ।

जसमा अध्यक्ष योगेन्द्र सी सहित नेकपाका नारायण सी, सारदा सापकोटा, नेकपा माओवादी केन्द्रका मेराज खान, कमला थापा, ध्रुब लामगादे र नेकपा एकीकृत समाजबादीका तारापती भन्डारी, राम बहादुर बस्नेत सहित एक महिला पछि थप्ने गरि ९ सदस्यीय समिति गठन भएको छ ।

उक्त कार्यक्रममा नेकपाका पोलिटब्यूरो सदस्य बिनोद सी, नेकपा केन्द्रीय सदस्य तथा समाजबादी मोर्चा नेपाल रुपन्देहीका अध्यक्ष शरद सी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुद अली, एकीकृत समाजबादीका केन्द्रीय सदस्य बाबुलाल यादव, नेकपा माओवादीका जिल्ला सयोजक निर्मल सी, एकीकृत समाजबादीका जिल्ला कार्यबाहक अध्यक्ष श्रीराम यादव, जिल्ला उप सचीव टंक पोख्रेल, नेकपाका जिल्ला सेक्रेटरी तथा समाजबादी मोर्चाका नेपाल रुपन्देहीका सदस्य सचिव बिरेन्द्र सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य नवीन सीको विशेष उपस्थिति रहेको थियोे ।

पछिल्लो समय जनता समाजबादी पार्टी मोर्चामा नरहेपछी नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी र नेपाल समाजबादी पार्टी नेपाल सहितको समाजबादी मोर्चा बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।