ताजा अपडेट »

ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्न प्राप्त गरिन आवश्यक डेलिगेट्सको समर्थन

मंगलबार, ०८ साउन २०८१, ११ : ०९
138 Shares
मंगलबार, ०८ साउन २०८१
138 Shares

काठमाडौँ । कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छन् ।

एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफुलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडी सारेका थिए ।

ह्यारिसले भनेकी छन्- ‘हाम्रो पार्टीको उम्मेदवार बन्नको लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ । आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो ।'

अब ह्यारिसको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीको आगामी अगस्त १९ देखि हुने नेशनल कन्भेन्सनले अनुमोदन गरेपछि उनी पार्टीको आधिकारिक उम्मेदवार बन्ने छिन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।