ताजा अपडेट »

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

मंगलबार, ०८ साउन २०८१, ०८ : ३८
84 Shares
मंगलबार, ०८ साउन २०८१
84 Shares

काठमाडौं । नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । एआइजीमा बढुवाका लागि सिफारिस भएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत  छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।