ताजा अपडेट »
टिजर सार्वजनिक

बेसहारा बुवा आमाको कथामा बनेको सर्ट फिल्म ‘लापत्ता सन्तान’को टिजर सार्वजनिक (भिडीयो)

मंगलबार, ०८ साउन २०८१, ०७ : ५५
174 Shares
मंगलबार, ०८ साउन २०८१
174 Shares

काठमाण्डौं । विभिन्न कारणले बेसहारा बनेका बुवाआमाको कथामा बनेको डकुमेन्ट्री सर्ट फिल्म “लापत्ता सन्तान“को टिजर सार्वजनिक भएको छ। रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशन रहेको यस फिल्मको गुरु पूर्णिमाको दिन मात्रै टिजर सार्वजनिक गरिएको हो।  टिजरमा आधुनिक समाजको चित्रण देखाउदै निर्देशक ज्ञावालीले आफ्नै छोराबाट बृद्धाश्रम पुर्‍याइएकी एउटी आमाको कथा देखाएका छन । आमाको भूमिकामा रश्मी भट्ट देखिएकी छन्। 

यस फिल्ममा कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष पी निरौला लगाएतको अभिनय रहेको छ ।  आफनै सन्तानबाट बिभिन्न कारण बृद्धाश्रम पुर्याईएका बुवाआमा र उनीहरूका सन्तानको कथा फिल्मले उठान गरेको टिजरबाट सहजै अनुमान गर्न सकिन्छ। निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको फिल्मको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन्। 

सिनेमा निर्माण गर्नुको उद्देश्य कमाउने भन्दा पनि जनचेतना फैलाउने रहेको निर्देशक ज्ञवालीको दाबी छ । निर्देशक ज्ञवालीले यसअघि निर्देशन गरेका डार्क मुन, एक लभर, आराध्या, हनिमुन लगायतका सर्ट फिल्महरू सार्वजनिक भइसकेका छन्। 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।