ताजा अपडेट »

नेप्सेमा सामान्य वृद्धि

सोमबार, ०७ साउन २०८१, १६ : ४८
82 Shares
सोमबार, ०७ साउन २०८१
82 Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ । आज नेप्से २.१५ अङ्कले बढेर २४८८. ०९ अङ्कमा कायम भएको हो ।

आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर एक लाख ७० हजार ५५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० बराबरको कारोबार भएको छ ।आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार ९९५ कित्ता शेयर किनबेच भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।