ताजा अपडेट »

लुम्बिनीमा आचार्यलाई मुख्यमन्त्री बनाउन दाबि पेश

सोमबार, ०७ साउन २०८१, १६ : ४५
190 Shares
सोमबार, ०७ साउन २०८१
190 Shares

बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ । कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार अपराहन्न दाबि पेश गरिएको हो ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि एमाले केन्द्रिय नेतृत्वको हस्तक्षेपपछि आचार्यलाई मुख्यमन्त्रीको रुपमा अगाडी सारिएको हो । लुम्बिनीमा कांग्रेस र एमाले मिल्दा स्पष्ट बहुमतमा रहेका छन् । ८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद गरी कुल ५६ सांसद रहेका छन् । प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।