ताजा अपडेट »

रोटरी क्लव तिलोत्तमा रुपन्देहीद्वारा डिआरआर विक्रम क्षेत्रीलाई सम्मान

आइतबार, ०६ साउन २०८१, १० : ४९
30 Shares
आइतबार, ०६ साउन २०८१
30 Shares

बुटवल ।  रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीेले रोट्रयाक डिष्ट्रिक ३२९२ नेपाल भुटानका लागी निर्वाचित डिआरआर बिक्रम क्षेत्रीलाई सम्मान गरेको छ । क्लवको आफ्नो ६४० औ नियमित बैठकको अवसरमा रोट्रयाक डिष्ट्रिकको नेतृत्वमा निर्वाचित क्षत्रीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका मातृत्वमा स्थापना भएको रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देहीका पुर्व अध्यक्ष क्षेत्री रोट्रयाक डिष्ट्रिक ३२९२ नेपाल भुटानको नेतृत्व दायी भूमिकामा पुग्नु स्पोन्सर क्लबका रुपमा आफुहरुका लागी पनि गर्वको कुरा भएको क्लवका वर्ष २०२४र२५ का अध्यक्ष देवीराम पाण्डेले बताए । उनले क्लवले स्थापना देखी हाल सम्म ३ वटा रोट्रयाक क्ल्व, एउटा इन्ट्रयाक क्लव र एउटा रोटरी क्लवलाई स्पोन्सर गरेको उल्लेख गर्दै आफुहरुको स्पोन्सरमा स्थापीत क्लवका पुर्व अध्यक्ष डिष्ट्रिक नेतृत्वमा पुग्नु क्लवको लागी गौरवको बिषय भएको बताए ।

सम्मान कार्यक्रममा बोल्दै रोट्रयाक डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिआरआर बिक्रम क्षत्रीले रोटरीको स्पोेन्सरमा रोट्रयाक स्थापना हुने भएकोले रोटरी र रोट्रयाक बिचमा अनोन्याश्रित सम्बन्ध रहेको बताए । उनले रोट्रयाक क्लवरुलाई रोटरी क्लवले मातृत्व मात्र प्रदान गर्ने नभई क्लवलाई छोरा सरह माया गर्दै समाजमा रहेर विभिन्न सामाजीक तथा मानवीय कल्याणका काममा सँग सँगै लिएर हिड्न आग्रह गरे।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको मातृत्वमा स्थापीत रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देहीका रोटरी बर्ष २०१७ १८ का अध्यक्ष क्षत्री यही जुलाई १ मा रोट्रयाक डिष्टिकको डिआरआरको रुपमा कार्यकाल सम्हालेका छन् । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको स्पोन्सर रोटरी क्लब अफ वालिङ्ग, रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक क्लब अफ तिलोत्तमा देवदह, रोट्रयाक क्लब अफ तिलोत्तमा सुद्दोधन र इन्ट्रयाक क्लब अफ तिलोत्तमा रामपुर रीवाइवल स्थापित छन् । 

कार्यक्रममा क्लवका पुर्व अध्यक्ष बिष्णु प्रसाद चापागाई, प्रेसिडेन्ट इलेक्ट दिपक भट्टराई, देवीलाल भट्टराई, निराजन पोख्रेल लगायतले बोल्नु भएको थियो । क्लवका सचिव अर्जुन प्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।