ताजा अपडेट »
राप्ती प्रादेशिक अस्पताल

राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

सोमबार, ०७ साउन २०८१, ०८ : २९
170 Shares
सोमबार, ०७ साउन २०८१
170 Shares

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा रगतको कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ । आईतबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले अस्पतालमा सेवासँगै गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए। “लुम्बिनीमा प्रदेशस्तरका दुईवटा अस्पताल रहेका छन्, एउटा लुम्बिनी र एउटा राप्ती, यी दुवै अस्पतालको स्तरवृद्धि हुनुपर्छ, त्यसमध्ये केही काम भएका छन् । अब सेवा विस्तारसँगै गुणस्तर सुधारमा लाग्नुपर्छ ।”

मन्त्री पुन मगरले अस्पतालमा कोभिडको बेला र प्रसूति सेवाका कर्मचारीले तलब नपाएकाले नीतिगत रूपमा उक्त समस्या समाधान गरेको बताए । राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड बनाउनका लागि पहल गरिए पनि पूर्णता नपाएको भन्दै उनले तत्काल सल्टाउनुपर्ने आवश्यकता औँल्याए ।  

रु ५२ लाखको लागतमा आवश्यक सामग्री जडानगरी प्रयोगशाला सेवा सुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले जानकारी दिए । उनकानुसार कल्चरबाट पिसाब, दिशा, रगतलगायतका जाँच हुनेछन् । यसअघि यो सेवा नहुँदा यहाँ आउने बिरामीले अन्यत्र जानुपर्ने बाध्यता थियो । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।