ताजा अपडेट »
गित रिलिज

चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत सार्वजनिक, रोमानियाका रमणिय स्थानहरु हेर्न सकिने । (भिडीयो)

आइतबार, ०६ साउन २०८१, २२ : २६
200 Shares
आइतबार, ०६ साउन २०८१
200 Shares

काठमाडौँ । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । रोमानियाका रमणिय दृष्यहरु समेटिएको यो गितमा  गायीका अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ भने  अर्जुन पोखरेलले संगीत दिएका छन । गितमा लेखु सहयात्रीले शब्द कोरेका छन । कविराज गहतराजको कोरियोग्राफी रहेको यो गितमा चलचित्रका नायक विवेक कर्माचार्य तथा नायिका आँचल शर्मा लाई रोमान्टिक पारामा प्रस्तुत गरिएको छ ।  

Screenshot 2024-07-22 001020

निर्देशक मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा जानुका थापाको लगानी रहेको छ भने अमित रिजाल चलचित्रका कार्यकारी निर्माता रहेका छन । चलचित्रमा हिमाल केसीको एक्सन, कविराज गहतराज र सुस्मिता वाइवाको कोरियोग्राफी, सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन तथा प्रदीप भारद्धाजको लेखन रहेको छ ।

रोमानियाको लोकेशनमा तयार गरिएको गीतको भिडियोमा आँचल र विवेक  निकै खुलेका देखिन्छन । यो गीतले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण पक्षको रहेको छ ।

Screenshot 2024-07-22 001818

चलचित्रमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अन्सु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको पनि अभिनय हेर्न पाईने छ ।

चलचित्र  ‘बर एण्ड वधु’लाई सामाजिक कथावस्तुमा निर्माण गरिएको निर्माणपक्षले बताएको छ । चलचित्र भदौको १४ गतेबाट देशव्यापी रिलिजमा आउनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।