ताजा अपडेट »

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

आइतबार, ०६ साउन २०८१, २२ : ०५
114 Shares
आइतबार, ०६ साउन २०८१
114 Shares

बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आव्हान गरेका छन् । उनले सोमबार साँझ ६: ३० बजेसम्मको समय दिएर सरकारमा दाबी पेश गर्न भनेका हुन् ।

यसअघि आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाको बैठकमा राजीनामा दिएका थिए । केन्द्रमा कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सो अनुसार लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।