ताजा अपडेट »

महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

आइतबार, ०६ साउन २०८१, २० : ५२
122 Shares
आइतबार, ०६ साउन २०८१
122 Shares

काठमाडौं । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको हो ।

नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् । त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।