ताजा अपडेट »

ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल

आइतबार, ०६ साउन २०८१, १५ : १८
58 Shares
आइतबार, ०६ साउन २०८१
58 Shares

काठमाडौँ । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ ।

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

उनले भने,‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ।’

दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुँने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।