ताजा अपडेट »

सबै दलको सहमतिमा मात्र संबिधान संशोधन गर्छौं: देउवा

आइतबार, ०६ साउन २०८१, १४ : ४७
36 Shares
आइतबार, ०६ साउन २०८१
36 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संबिधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संबिधानको संशोधन गरिने र संबिधानलाई सहभागिता मुलक बनाइने बताए ।

संबिधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संबिधान संशोधन गर्नुपर्ने उनले बताए ।

उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा मा बदलिने विश्वासको व्यक्त गरे । उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए ।
 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।