ताजा अपडेट »

प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

आइतबार, ०६ साउन २०८१, १० : ५७
74 Shares
आइतबार, ०६ साउन २०८१
74 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ ।प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै गत असार ३१ गते अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ ।नेपाली कांग्रेस र एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।