ताजा अपडेट »

सिमलताल दुर्घटना: भारतीय टोलीले त्रिशुलीमा खोजी शुरु गर्यो

आइतबार, ०६ साउन २०८१, १० : ४२
68 Shares
आइतबार, ०६ साउन २०८१
68 Shares

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसेको बस तथा यात्रुको अवस्था पत्ता लगाउन भारतबाट आएको टिमले खोजी कार्य शुरु गरेको छ । शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी शुरु गरेका हुन् ।  भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो ।

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको बताइएको छ । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

गत असार २८ गते त्रिशूली नदीा खसेका दुई बस अझै भेटिएका छैनन् भने कम्तिमा ३७ यात्रु अझै बेपत्ता छन् । हालसम्म २५ जनाको शव फेला परेकामा १८ जनाको सनाखत भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।