ताजा अपडेट »
मिस माल्टा-२०२४ काे नेपाल भ्रमण

मिस माल्टा-२०२४ “सरीस स्पिटेरी” नेपाल आउदै, चितवनको ग्रमीण बस्ती अपर धागडीमा सहयोग गर्ने

शनिबार, ०५ साउन २०८१, २१ : १०
274 Shares
शनिबार, ०५ साउन २०८१
274 Shares

बुटवल । मिस माल्टा २०२४ कि बिजेता “सरीस स्पिटेरी” नेपाल आउने भएकी छन, उनि कम्यूनिटी फेलोसिप प्रोजेक्ट “मिस यूनि माल्टा” अन्तर्गत नेपाली समाजलाई सघाउन नेपाल आउन लागेकी हुन । मिस माल्टा बिजेता भएपछि कम्यूनिटी फेलोसिप प्रोजेक्ट अन्र्तगत कुनै अन्य देशमा गएर सामाजिक कार्य गर्नूपर्ने भए अनुसार वर्ष २०२४की बिजेता स्पिटेरी नेपाल आउन लागेकी हुन । 

यस सम्बन्धमा मिस माल्टाले एक भिडीयो सन्देश जारी गर्दे जाकारी दिएकी हुन । सार्वजनिक गरीएको भिडीयोमा मिस माल्टाका अफिसियल कोरीयोग्राफर सुजित बस्यालले मिस माल्टा संगै अन्य बिजेताहरु तथा अर्गनाईजिङ बडी पनि नेपाल आउन लागेको जाकारी दिएका छन् । 

नेपालमा रहदा चितवनको ग्रामिण क्षेत्र उपर धागडी, काठमाण्डौंको एक दृष्टिबिहिन विद्यालय तथा महिला शसक्तिकरणमा काम गर्ने संस्था हाते हाते नेपाल लाई सहयोग गर्ने कार्यक्रम तय भएको मिस माल्टाका अफिसियल कोरीयोग्राफर बस्यालले बताएका छन । नेपालमा रहदा उनिहरुले उल्लेखित संस्थाहरुको स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सहयोग गर्ने बताएका छन ।

Untitled-1

यहि  जुलाई २८ (श्रावण १३) मा मिस माल्टा-२०२४ सरीस स्पिटेरी संगै मिस माल्टा टुरीजम-२०२४ एलेक्जिया कुटायर, टप मोडल माल्टा-२०२४ क्यारोलिना सिबोतारु, निर्देशक द्वय क्रिष्टेन बोर्ग तथा सनिस बोर्ग तथा कोरियोग्राफर सुजित बस्याल नेपाल आउन लागेका हुन । नेपालमा रहदा उनिहरुले यहि अगस्त ३ तारीकमा सम्पन्नहुने मिस नेपाल २०२४को फईनलमा पनि अतिथ्यता ग्रहण गर्नेछन । टोली नेपालमा करीब एक  साता रहने छ भने उनिहरुले नेपालका केही पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्नेछन ।

मिस माल्टाको नेपाल भ्रमणले नेपाली पर्यटनलाई यूरोपेली मुलुक माल्टामा चिनाउन महत्वपूर्ण हुनुका साथै अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रर्वधनका लागि पनि बिशेष हुने आफुले विश्वास लिएको कोरीयोग्रफर सुजितले बताए । 

सुजित रुपन्देहीको देवदहका स्थाई बासन्दा हुन । उनि २०२४ मा मिस माल्टाको अफिसियल कोरीयोग्रफरका रुपमा अनुबन्द भएसंगै केही समय देखि यूरोपेली मुलुक माल्टमा रहेका छन । 

 

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।