ताजा अपडेट »

केसीको प्रश्न : रातारात गरेको त्यो ७ बुँदे के हो ?

शनिबार, ०५ साउन २०८१, १८ : १०
120 Shares
शनिबार, ०५ साउन २०८१
120 Shares

बुटवल । राष्ट्रि जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सत्तासाझेदार दल नेकपा एमाले र नेपाली काँग्रेस बीच भएको ७ बुँदे सहमती सार्वजनिक गर्नुपर्ने बताएका छन् । संसदका दुई ठूला दल बीच भएको भनिएको ७ बुँदे सहमतीले शंका उत्पन्न गराएको बताउँदै उनले सहमतीका बुँदा सार्वजनिक गरिनु पर्ने बताएका हुन् । 

प्रगतिशिल पत्रकार संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले भने ‘रातारात गरेको त्यो ७ बुँदे के हो ? सार्वजनिक गर्न किन डराउनु भाछ ?’ सहमतीमा संविधान संसोधनको विषयहरु समेटीएको विषय हो भने पनि लुकाएर गर्ने काम नभएको उल्लेख गरे । राजनीतिक पार्टीका गतिविधिले जनतामा चरम निराशा आउने अवस्था देखाएको बताउँदै उनले देशमा उपलब्धि र परिवर्तन रक्षाका लागि एकजुट हुन आवश्यक रहेको उल्लेख गरे । ‘नेपाल असजिलो अवस्थामा पुगेको छ । त्यसकारण हामी धैर्यतापूर्वक मिल्नुको बिकल्प छैन ।’–अध्यक्ष केसीले भने । 

स्वयम् राजनीतिक पार्टीहरुले नै यो स्थिती सिर्जना गराएको बताउँदै केसीले पत्रकार र नागरिकले समेत निर्भिकता पूर्वक आलोचना गर्न सुझाब दिए । राजनीतिक पार्टीहरुले शक्ति र सत्ताका लागि जस्तोसुकै जालझेल गर्न तयार हुने गलत प्रवृत्ति रहेको टिप्पणी गर्दै अध्यक्ष केसीले एउटालाई खेलाएर अर्कालाई गलाउने र अर्कालाई गलाएर अर्कालाई खेलाउने घिन लाग्दो खेल राम्रो नभएको उल्लेख गरे । 

यसैबीच प्रधानमन्त्री केशी शर्मा ओलीलाई जनमोर्चाले विश्वासको मत नदिने उनले प्रस्ट पारेका छन् । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समेत ९९ प्रतिशत पक्षमा हुँदा पनि आफूहरुले विश्वासको मत नदिएको उल्लेख गर्दै उनले यस पटक पनि सोही कुरा दोहोरीले उल्लेख गरे । ‘जसको मुख हेरे पनि उस्तै छ, मैले भोट दिन्न । पहिले प्रचण्ड जीलाई पनि दिन्न भनेकै हो अहिले ओलीलाई पनि दिन्न ।’–उनले भने । यसैगरी संसद विघटन गर्नुलाई बालकोटले अहिले पनि स्वीकार नगरेको उल्लेख गर्दै उनले अहिले पनि कतै प्रतिगमन दोहोरिने डर कायम रहेको उल्लेख गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।