ताजा अपडेट »

असुरक्षित बन्दै बुटवल : देविनगरमा चक्कु प्रहारबाट २ युवा घाइते

शनिबार, ०५ साउन २०८१, ०९ : ३०
12.98K Shares
शनिबार, ०५ साउन २०८१
12.98K Shares

बुटवल । बुटवलमा पछिल्लो समय बढ्दै गएको आपराधिक क्रियाकलापले असुरक्षा बढ्दै गएको छ । यसै बीच शुक्रबार साँझ ९ बजेको समयमा बुटवल-११ देविनगरमा युवाहरु बीच आपसमा कुटपिट हुँदा २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । 

देविनर प्रहरी बिट नजिकै रहेको ‘दि कफी’ पसल भित्र युवाहरु बीच आपसमा चक्कु हानाहान भएको खबर पुगेपछि प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । युवाहरु बीचको कुटाकुटमा कपिलवस्तुको बाणगंगा नगरपालिका-५ का ३० वर्षीय दिवस मल्ल र बुटवल-१२ बस्ने २५ वर्षीय पवन शाही दुबै जनाको टाउको र हातमा चोट लागेको छ । घाइते भएका उनीहरुको अवस्था मध्यम रहेको र उपचार भैरहेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न भएको आरोपमा बुटवल–१३ जितगढी बस्ने २३ वर्षीय विष्णु थापा र तिलोत्तमा नगरपालिका–३ बस्ने २३ वर्षीय अनुप भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवाहरु बीच आपसमा भनाभन हुँदा विवाद सुरु भएको थियो । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । स्मरणीय छ बुटवलकै एक रेष्टुरेन्टमा गत जेष्ठ २ गते राती एक युवामाथि चक्कु प्रहार भएको थियो । उपचारका क्रममा घाइते युवाको मृत्यु भएको थियो । 

बुटवलमा छुराप्रहारबाट युवाको मृत्यु 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।