ताजा अपडेट »

‘खोली तिरैमा’को म्युजिक भिडियो सार्वजनिक

शनिबार, ०५ साउन २०८१, ०८ : ४५
430 Shares
शनिबार, ०५ साउन २०८१
430 Shares

बुटवल । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै बजारमा तीजका गीतहरु घन्कन थालेका छन् । यसैक्रममा बुटवलमा पनि कलाकार दुर्गा नेपालको मौलिक तीज गीत सम्बन्धी बनेको म्यूजिक भिडियो ‘खोली तिरैमा’ सार्वजनिक भएको छ । 

उक्त तीज गीतको सार्वजनिक गर्दै बुटवल उपमहानगरपालिकाका उप–प्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबर्द्धनका हिसाबले पनि निकै महत्व राख्ने बताइन । कला र सस्कृति भनेका देश र समाजको पहिचानको लागि मेरुदण्ड भएकाले यसको संरक्षण र विकास गर्न कलाकारको सम्मान गर्नु पर्ने र सबैको साथ सहयोग हुनुपर्ने बताइन् । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, म्यूजिक भिडियो निर्देशक मनिष पन्थ, पत्रकार महासंघका केन्द्रिय पार्षद हरिष ढकाल, मिना ढकाल लगाएतले बोल्दै स्थानीय रुपमा निमार्ण गरिएको उक्त म्यूजिक भिडियोले कला र संस्कृति जगेर्नामा सहयोग गर्ने बताउँदै उदाउँदा कलाकारहरुको हौसला बढाउनु पर्ने बताएका थिए । म्यूजिक भिडियोको छायाकंन सम्पादन तथा निर्देशक मनिष पन्थले गरेका हुन् । नृत्य निर्देशक लोकेन्द्र शाह, शव्द संगित अर्जुन कौशल र अभिनय अंकिता नेपाल र अभ्यूदय ढकालको रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।