ताजा अपडेट »

‘माई डिशहोम’ एप पुनः सार्वजनिक, टिभी, इन्टरनेट र अन्य सेवा एकै ठाउँमा

शनिबार, ०५ साउन २०८१, ०५ : २२
146 Shares
शनिबार, ०५ साउन २०८१
146 Shares

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले ‘माई डिशहोम’ एप पुनः सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले विभिन्न विभागका प्रमुखहरूको उपस्थितिमा यो एप पुनः सार्वजनिक गरेका हुन् ।

टिभी, इन्टरनेट र अन्य सेवाहरूलाई एकीकृत रूपमा व्यवस्थापन गर्न एप डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एपको नयाँ संस्करणमा परिष्कृत सुविधाहरू समेटिएका छन् ।

यसमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटररवाईफाई सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पीपीभी खरीद, प्याकेज बुकिङरखरिद, खाता प्रणाली सम्पादन लगायतका सुविधा छन् ।

“हामीले ग्राहकलाई थप एकीकृत र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं, जसले उनीहरूलाई डिशहोमका सबै उत्पादन र सेवाहरू सजिलैसँग स्वव्यवस्थापन गर्न सक्षम बनाउँछ,” सीईओ मानन्धरले भने ।

माई डिशहोम एप आईओएस एपस्टोर र गुगल प्लेस्टोर दुवैमा उपलब्ध छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।