ताजा अपडेट »

महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

शुक्रबार, ०४ साउन २०८१, १६ : ००
64 Shares
शुक्रबार, ०४ साउन २०८१
64 Shares

काठमाडौं । युएईको महिला टिमले नेपाली महिला क्रिकेट टिमलाई ११६ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको महिला एशिया कपको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको हो । युएईका लागि खुशी शर्माले सर्बाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् । त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्बाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।