ताजा अपडेट »

संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल

शुक्रबार, ०४ साउन २०८१, १२ : ३८
58 Shares
शुक्रबार, ०४ साउन २०८१
58 Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाई बारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरुसँग छलफल गरेका छन् । शुक्रबार बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाई बारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् ।

साउन २ गते सभामुख घिमिरे निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भैरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो । अहिलेसम्म संसद भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।