ताजा अपडेट »

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

शुक्रबार, ०४ साउन २०८१, ११ : ५२
42 Shares
शुक्रबार, ०४ साउन २०८१
42 Shares

काठमाडौं । अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार बिहानदेखि स्थानीयले विरोध गरेर काममा अवरोध गरेका छन् । यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो ।

त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो । सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।  डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।