ताजा अपडेट »
विद्युत महसुल भुक्तानी

अनलाइनबाट बिजुलीको बिल अब बिहान ८ बजेदेखि तिर्न सकिने

शुक्रबार, ०४ साउन २०८१, ०७ : २०
86 Shares
शुक्रबार, ०४ साउन २०८१
86 Shares

काठमाडौं । अनलाइन विद्युत महसुल भुक्तानी गर्न दुई घण्टा थप भएको छ । नेपाल विद्युत प्राधिकरणले यस आर्थिक वर्षदेखि बिहान ८ बजेदेखि राति १२ बजेसम्म अनलाइन बिल भुक्तानी गर्न सकिने व्यवस्था लागु गरेको हो ।

प्राधिकरणका उपसचिव रविन्द्रराज श्रेष्ठका अनुसार यसअघि बिहान १० बजेदेखि १२ बजेसम्म मात्रअनलाइन भुक्तानी गर्न सकिन्थ्यो । सेवाग्राहीको सहजताका लागि अब बिहान दुई घण्टा थप गरिएको उनले बताए ।

श्रेष्ठका अनुसार प्राधिकरणको सिस्टम केन्द्रीकृत नभएकाले अनलाइन भुक्तानीमा समय सीमा राखिएको छ । उपभोक्ताले २४ सैं घण्टा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी प्राधिकरणले काम गरिरहेको पनि  उनले बताए ।

“हामी अहिले यो सिस्टममा काम गरिरहेका छौं । अबको छ महिनामा सिस्टम नया तयार भएपछि उपभोक्ताले जुनसुकै समयमा भुक्तानी गर्न सक्नुहुन्छ,” उनले भने ।

नेपाल बिद्युत प्राधिकरणको मासिक बिल भुक्तानी बिभिन्न वालेटहरु प्रयोग गरी तथा बैंक एप तथा अनलाईन मार्फत सिधै भुक्तानी गर्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।