ताजा अपडेट »

राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी : बोर्डको बैठक बस्दै

शुक्रबार, ०४ साउन २०८१, ०६ : ३३
138 Shares
शुक्रबार, ०४ साउन २०८१
138 Shares

बुटवल । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । सो तयारीका लागि गभर्नर महाप्रसाद अधिकारीले आज (शुक्रबार) बिहान ८ बजेका लागि राष्ट्र बैंक बोर्ड बैठक डाकेका छन् । सञ्चालक समिति बैठकमा मौद्रिक नीति र अन्य एजेन्डा रहेको बताइएको छ ।

बैठकमा छलफल टुंगियो भने दिउँसो नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको छ । विहानको बैठकबाट निश्कर्ष नआएमा दिउँसो १ बजेपछि अर्को बैठक बसेर भए पनि साँझसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको जनाइएको छ । 

अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे गभर्नर अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार ब्रिफिङ गरेका छन् । राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै अधिकारीले अर्थमन्त्री पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् ।

व्यवस्थापन समितिको छलफल करिब सकिएको र विभागीय प्रमुखसँगको छलफल पछि अहिलेको मस्यौदामा केही परिमार्जन हुनसक्ने स्रोतको भनाई छ ।
निजी क्षेत्र र बैंकर्सको समस्या सम्बोधन गर्नेमा मौद्रिक केन्द्रित हुने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।