ताजा अपडेट »

मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ : यस्तो छ आजको मौसम पूर्वानुमान

शुक्रबार, ०४ साउन २०८१, ०६ : २०
7.94K Shares
शुक्रबार, ०४ साउन २०८१
7.94K Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  सबै  प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती  र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।