बुटवल । मोनिका युनिसेक्स सलोन र मोनिका स्किन हेयर एण्ड लेजर क्लिनिकका सेवा एकै स्थानबाट संचालनमा आएका छन् । यस भन्दा अघि ठाउँ अभावका कारण मोनिका युनिसेक्स सलोन एण्ड मोनिका स्किल हेयर एण्ड लेजर बुटवलको विपि चोकमा छुट्टा छुट्टै स्थानबाट सेवा प्रदान हुने गरेका थिए ।
अहिले दुबै सेवा विपिचोकमा नै एकै छानामुनिबाट प्रदान हुन लागेका हुन् । छुट्टै स्थानबाट सेवा प्रदान गर्दा असहज भएकाले सबै सेवा एक छानामुनि प्रदान गर्न लागेको मोनिका युनिसेक्स सलोन, स्किल हेयर एण्ड लेजर क्लिनिकी प्रबन्ध निर्देशक मोनिका क्षेत्रीले बताइन् ।
‘छुट्टा छुट्टै स्थानबाट सेवा प्रदान गर्न भन्दा एकै ठाउँबाट सेवा प्रदान गर्दा सहज हुने लागेर हामीले सबै सेवा एकैछानामुनिबाट प्रदान गर्न लागेका हौँ । यसबाट ग्राहकहरुलाई समेत सहज हुने विश्वास लिएकी छु ।’–उनले भनिन् ।
यस्तै सबै सेवा एकै छानामुनिबाट प्रदान गरेको अवसरमा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रबन्ध निर्देशक क्षेत्रिले बताइन् । ‘हामीले सबै सेवा एकै ठाउँबाट प्रदान गरेको अवसरमा र साउन महिनाको अवसर पारेर हाम्रा हरेक सेवामा १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौँ । यो छुटको अफर साउन महिनाभर रहने छ ।’– उनले भनिन् ।
स्किन हेयर एण्ड लेजर क्लिनिकमा प्रत्येक महिनामो दोस्रो र अन्तिम हप्ता पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र नेशनल स्किन क्लिनिक काठमाडौँकी डा. रजनी अग्रवाहले सेवा दिने प्रबन्ध निर्देशक क्षेत्रीले बताइन् ।
क्लिनिकमा कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, ट्याटु रिमुभ ,पिको लेजर ,कपाल सम्बन्धी सम्पूर्ण रोग, लेजर सेवा तथा हाइड्रा फेसीयल, सम्पूर्ण छाला सम्बन्धी रोगहरूको उपचार हुने गर्छन्।
२०७० साल बुटवलको अमर पथमा मोनिका ब्युटि केयर एण्ड कस्मेटिक पेशा सुरु गरेकी उनले ३ वर्ष अघि फागुनमा आधुनिक र स्तरिय डिजाइनसहित बुटवलको विपि चोकमा उनले आफ्नो व्यवसाय सारेकी थिइन् ।
यस्तै मोनिकाले गत वर्षको असोजदेखि बुटवलको विपिचोकमा नै छुट्टै स्थानबाट स्किन हेयर एण्ड लेजर क्लिनिक सेवाको पनि सुरुवात गरेकी थिइन् । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर संचालन गरेको यो नै पहिलो हो ।
प्रतिक्रिया