ताजा अपडेट »

नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

विहीबार, ०३ साउन २०८१, १५ : २६
170 Shares
विहीबार, ०३ साउन २०८१
170 Shares

बुटवल ।  लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको अनुभव र अनुभुति साटासाट कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीमा विए एलएलबी  प्रथम बर्षमा अध्यनरत बिद्यार्थीहरु सँगको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन् ।

कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्दै उनले विद्यार्थीहरुले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिए। साथै राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने परिपाटीको विकास गर्न युवाहरुलाई आग्रह गरे। 

कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दैै प्रमुख शेरचनले योग्य र क्षमतावान व्यक्ति संसदमा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताए। विगतमा संविधानको अक्षरसः पालना नहँुदा कानूनी शासनको उल्लंघन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मूलुकमा कानुन र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति  आवश्यक रहेको उल्लेख गरे । 

सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्रदेश प्रमुख समक्ष विभिन्न जिज्ञासा राखेका थिए ।  कानून अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता अभिबृद्दिका लागि कलेजले यस प्रक्रारका कार्यक्रमहरु आयोजना गर्ने गरेको एकेडेमीका  कानून विभाग इन्चार्ज अधिवत्ता मदन पुनले बताए।

कार्यक्रममा कलेजका प्रमुख प्रसासकिय अधिकृत प्रकाश अधिकारी, प्राध्यापकहरु अधिवत्ता अर्जुन सिंह क्षेत्री, अधिवत्ता दामोदर घिमिरे, नवराज पाण्डे लगायतको सहभागिता रहेको थियो । लुम्बिनी इन्टिग्रेटेड एकेडमीले विएस्सी फरेस्टी र विए एलएलबी  अध्यापन गराइरहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।